ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५० मुरी धान फलाउने ७ जना किसानलाई रू. ४२ हजार ५०० !        

२०७८ जेठ, २२  
प्रदेश ०१
Image Not Found

जेठ २२, ताप्लेजुङ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण यहाँको मैवाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात जना किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।     
     
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको बताइएको छ । पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात जना किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रबिन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए।     
     
उनका अनुसार देवीमाया र ङिमादावाले ७०/ ७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई सो रकम शीध्र उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्