ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खाद्यान्नको भाउमा एक दशकयताकै तीव्र वृद्धि 

२०७८ जेठ, २२  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २२, रोम (इटली) । गत महीना विश्वभर खाद्यान्नको भाउ एक दशकयताकै तीव्र दरमा बढेको छ । 

संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको मासिक प्रतिवेदनले यस्तो देखाएको हो । कोरोना भाइरसको महामारीका बेलामा उत्पादन, श्रम र परिवहनमा अवरोध उत्पन्न भएसँगै खाद्यान्नको भाउ र आपूर्तिकर्ता दुबै प्रभावित भएका छन् । 

यसले विश्वभर मुद्रास्फीति बढाउने र महँगीएको खाद्यान्नले विश्वको आर्थिक पुनःबहालीमा कस्तो प्रभाव पार्ला भन्ने चिन्ता बढेको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक (एफपीआई) अनुसार अप्रिलको तुलनामा मेमा ४ दशमलव ८ प्रतिशत बढी छ । यो सन् २०१० को अक्टोबरयताकै उच्च मासिक वृद्धि हो ।

यो गत वर्षको मेको तुलनामा चाहीं ३९ दशमलव ७ प्रतिशत बढी हो । एफपीआईमा विश्वभर अन्न, तेलहन, दूधजन्य सामाग्री, मासु र चिनीसमेत विविध खाद्य वस्तुको मूल्यमा हुने मासिक हेरफेरको गणना गरिन्छ । समीक्षा अवधिमा खाने तेल, अन्न र चिनीको भाउमा भएको वृद्धिका कारण सूचकांक बढेको हो । योसँगै सूचक बढेर सन् २०११ को सेप्टेम्बरयताकै उच्च स्तरमा उक्लिएको छ । 

केही देशमा खाद्यान्नको माग पुनः बढ्न थालेको अनि न्यून उत्पादनका कारण पनि खाद्यान्न महँगिएको हो । महामारीका कारण आवागमनमा गरिएको प्रतिबन्धका कारण स्थानीय स्तरमा अभाव सृजना भएको छ भने मूल्य बढेको छ ।

फलतः आपूर्तिमा पनि अवरोध उत्पन्न भएको छ । उच्च माग र न्यून उत्पादनले मुद्रास्फीति थप बढाउने चेतावनी विज्ञहरुले दिएका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्