ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सौराहाका हात्तीलाई जुट्यो खाद्यान्न

२०७८ जेठ, २३  
वाग्मती प्रदेश
Image Not Found

चितवन (अस) । कोरोना महामारीका कारण पर्यटन ठप्प भएपछि अप्ठेरो अवस्थामा रहेका हात्तीलाई खाद्यान्न सहयोग वितरण गरिएको छ ।

नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होम विदेशी संस्थाको   संयुक्त प्रयासमा सौराहाका ४१ निजी हात्तीलाई १०२५ केजी चना र ८२० केजी सक्खर सहयोग
गरिएको हो ।

युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीलाई उक्त खाद्यान्न हस्तान्तरण गरिएको हो । कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलम हात्तीलाई निरन्तर खाद्यान्न सहयोग वितरण गर्दै जाने संस्थाले बताएको छ ।

खाद्यान्न वितरणका लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्