ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कास्कीमा चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

२०७८ जेठ, २३  
गण्डकी प्रदेश
Image Not Found

कास्की (अस) । कास्कीमा चार वटै गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ । कोभिड–१९ संक्रमण बढेसँगै संक्रमितलाई स्थानीय स्तरमै अक्सिजन उपलब्ध गराउने उद्देश्यले कास्कीका चार वटै गाउँपालिकालाई सहयोगस्वरूप अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

काठमाडौंको वोधिसत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कास्कीका  माछापुच्छ्रे रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई ५–५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको पोखराका संयोजक एवं पत्रकार दीननाथ बरालले बताए । माछापुच्छ्रे गाउँपालिकाबाहेक तीन वटा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित अक्सिमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, एक कार्टुन, स्यानिटाइजर २० लिटर, ह्यान्डवास, ट्वाइलेट क्लिनर र फिनेल ५–५ लिटर, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संयोजक बरालले जानकारी दिए । पछिल्लो समयमा कास्कीमा पनि अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टे«टरसहितको स्वास्थ्य सामग्री पाएपछि राहत महसुस भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर  गुरुङले बताए ।

कोरोना महामारीमा प्राप्त स्वास्थ्य सामग्री लक्षित वर्गमा प्रयोग गरिने रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाको भनाइ छ । यस्तै, सिर्जनशील अपांगता सरोकार समितिलाई औषधी सहयोग गरिएको छ । समितिलाई विभिन्न प्रकारका औषधी वितरण गरिएको संयोजक बरालले बताए ।

समितिका अध्यक्ष फडिन्द्रप्रसाद पौडेलले संस्थालाई औषधीसहित खाद्य सामग्री अत्यावश्यक भएको गुनासो गरे । यसअघि संस्थाले पोखरामा तीन वटा सामुदायिक अस्पताललाई जनही ५–५ वटा अक्सिजन कन्सन्टे«टरसहितको स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्