ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यूएनडीपी–एनसेल साझेदारी

२०७८ जेठ, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियान प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले साझेदारी गरेका छन् ।

यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

साइकल अभियानलाई हरित मार्ग एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिनेछ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको आरम्भ गत पुसबाटै भएको थियो ।

सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको उद्देश्य हो ।

विश्व वातावरण दिवस २०२१ को पूर्वसन्ध्यामा हस्ताक्षरित समझदारीपत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक, सामाजिक जिम्मेवारीको हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरमा समेत साइकल अभियान विस्तारमा सहकार्य गर्नेछन् । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।

यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । सँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागिसमेत मानिसलाई साइकल जीवनशैली सुरु गर्न उत्प्रेरित गर्नेछ । ‘समझदारीपत्रमार्फत यूएनडीपी र एनसेलले साझेदारी गरेका हुन् । जीवनलाई स्वच्छ र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ’, यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भने ।

यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले बताए । ‘साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्र्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकामा एनसेल आभारी छ’, उनले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्