ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मल्टीपर्पस फिनान्सले साधारण सभाका लागि सोमवार बुक क्लोज गर्ने 

२०७८ जेठ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले आगामी असार ६ गते आव्हान गरेको २३ औं वार्षिक साधारण सभाका लागि सोमवार एक दिन बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा आइतवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ। कम्पनीले सभा केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे बोलाएको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले सभाका लागि लाभांश भने प्रस्ताव गरेको छैन । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ करोड ६७ लाख ३८ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू.३ अर्ब ५ करोड ३८ लाख ७८ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्