ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको पहिलो कारोबार दिन तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य 

२०७८ जेठ, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ७०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३५५ खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १५ ले बढेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्