ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार पहिलो घण्टामा २.०८ % ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ जेठ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९ दशमलव ४५ अंकले बढेर २ हजार ९१६ दशमलव २१ विन्दुमा पुगेको छ ।

२ हजार ८८४ दशमलव शून्य ७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य ८ प्रतिशतले बढेको हो ।

पहिलो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको ५० हजार ३५८ पटकको कारोबारमा १ करोड २ लाख ९५ हजार ५८९ कित्ता शेयरको रू. ५ अर्ब २८ करोड २३ लाख ३३ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५ हजार २२७ कायम भएको छ । त्यस्तै, रिडी हाइड्रोपावर, लक्ष्मी बैंक र नेपाल बंगलादेश बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४६ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८२९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्