ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंक इन्टरनेशनल : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

२०७८ जेठ, २३  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ७ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ३७१ पुगेको छ । उक्त दिन बैंकको ६ लाख २३ हजार ७४७ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बैंकले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । सिर्जना फाइनान्सको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर मूल्य अनुपात कायम गर्ने गरी स्वीकृत भएको कम्पनीले जानकारी गराएको छ । प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले आगामी जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । सभा बिहान ९ बजे बैंकको प्रधान कार्यालय नारायणीपथ दरबारमार्गमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ५४ करोड ५३ लाख नाफा कमाएको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको लामो शरीरको सेतो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७९ दशमलव २२ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव६९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीबारको शेयर मूल्य रु. ३७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४० मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्