ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल बैंक : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

२०७८ जेठ, २३  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य बिहीबार अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. २८५ पुगेको हो । उक्त दिन बैंकको ९ लाख ५८ हजार ७२२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ५० करोड २५ लाख ५५ हजार नाफा कमाएको छ । बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. ३६ करोड ५ लाख ३३ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा खुद नाफा चालू आवमा ३९ प्रतिशतले वृद्धि भएको हो ।

नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. ४ दशमलव ५० रहेकामा चालू आवमा बढेर रु. ५ दशमलव ८१ पुगेको हो । त्यस्तै, चालू आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा रु. ३० करोड ७७ लाख ९५ हजार रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य अनिश्चित रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७५ दशमलव ४६ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव १५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यमहुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीबारको शेयर मूल्य रु. २८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २६८ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्