ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु बैंक लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

२०७८ जेठ, २३  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ४६० पुगेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब १० करोड ९६ लाख नाफा कमाएको हो ।

नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा ४४ प्रतिशतले वृद्धि भएको हो । बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ४६ करोड ४१ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी रसञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब ५९ करोड ३९ लाख रहेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. १९ दशमलव ८९ रहेकामा चालू आवमा वृद्धि भएर रु. २४ दशमलव ७९ पुगेको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोकम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ५५ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव५४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ४६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४४२ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्