ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.६९ % ले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७८ जेठ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४८ दशमलव ३३ अंकले बढेर २ हजार ९०५ दशमलव शून्य ९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ६९ प्रतिशतले बढेको हो ।

दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. १० अर्ब १७ करोड २५ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५ हजार २२७ कायम भएको छ । त्यस्तै, रिडी हाइड्रोपावर र नेपाल बंगलादेश बैंकको शेयरमूल्य ९ दशमलव ८७ र ९ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८३ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८८० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्