ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल हस्तकला महासंघद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख आर्थिक सहयोग

२०७८ जेठ, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहँदैदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड- १९ बाट संक्रमित विरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा सहयोग पुर्‍याउने उद्धेष्यले केन्द्रलाई आर्थिक सहयोग गरिएको  महासंघले बताएको छ । 

उल्लेखित सहयोग राशि सो केन्द्रको नाममा रहेको ग्लोबल आइएमई बैंक नयाँबानेश्वर शाखाको खातामा जम्मा गरिएको महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले बताएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्