ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा १.३६ % ले बढ्यो बजार, १३ अर्ब १८ करोडको शेयर कारोबार (२ बजेको अपडेट)

२०७८ जेठ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३८ दशमलव ९० अंकले बढेर २ हजार ८९५ दशमलव ६६ विन्दुमा पुगेको छ । 

१ दशमलव ३६ प्रतिशतले बढेको बजारमा २१५ ओटा कम्पनीको रू. १३ अर्ब १८ करोड २५ लाख ८८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५ हजार २२७ कायम भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, अन्य, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९७ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८५० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५६९ मा रू. ६४ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्