ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, आईपीओ ल्याउने प्रस्ताव पारित 

२०७८ जेठ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको छ ।
 

सभा कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यान दिएर भर्चुअल माध्यमबाट कम्पनीको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले थप प्रक्रिया पुरा गरेपछि नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि  निवेदन दिनेछ । 

कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।केयर रेटिङ नेपालले  कम्पनीको आईपीओलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ ।

यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुगनेछ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्