ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोका–कोलाले नेपालमा प्लास्टिक पुनः प्रयोग गर्ने प्रतिबद्धता दोहोर्‍यायो

२०७८ जेठ, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । कोका–कोलाले नेपालमा प्लास्टिक पुनः प्रयोग ​गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

वल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाउँदै कोका–कोलाले सो प्रतिबद्धता  गरेको हो । साथै कोकले विश्वकै एक मध्येको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा पनि गरेको छ ।

कम्पनीले अभियानको क्रममा २७ हजार ६७१ किलोग्राम फोहोर, चार ओटा मृत शरीर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता छ ओटा हिमालहरूबाट संकलन गरिएको र थप सेग्रिगेशन र रिसाइक्लिङ (पुनः प्रयोग) को लागि काठमाडौंस्थित अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको पनि बताएको छ ।


हिमाल सफा अभियानका निर्देशक तथा ब्रिगेडियर जनरल हिमांशु खड्काले नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा  सफा हिमाल अभियान २०२१ को २७ दशमलव ६ टन फोहोर र चार ओटा शवहरु सफलतापूर्वक विभिन्न हिमालहरुबाट निकालिएका निकालिएको बताए । 


नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा हिमालहरुको संरक्षण र छ ओटा उच्च चुचुराहरुको सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु रहेको अभियानमा संलग्नहरुको भनाइ छ ।

कोका–कोलाले प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९  मा स्थापना भएदेखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ ।

नेपालमा कम्पनीले स्थानिय पहुँचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ । साथै उसले बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरूलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच विस्तार गरिरहेको छ । 

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेका अनुसार फोहोर व्यवस्थापनको क्षेत्रमा जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पीईटी बोतलहरु रिसाइकल गर्न पहल भइरहेको छ ।

उनले  हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सचेतनामूलक पीईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यक्रमहरु मार्फत समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइकल सम्बन्धी जागरुकता सृजना गरेको बताए ।

नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले यो कार्यक्रम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यक्रम भएको र प्याकेजिङ डिजाइनलाई पुनर्विचार गर्ने र प्रयोग गरिएको प्याकेजिङ संकलन गर्ने र रिसाइकल भएको सुनिश्चित गर्न सँगै काम गर्ने बताए । 

अभियानमा व्रिmयसन, डब्लूडब्लूएफ नेपाल, हिमालयन क्लाइमेट इनिसियटिभ(एचसीआई),नेपाल युवा परिषद र अन्य जस्ता स्थानीय र अन्तरराष्ट्रिय संस्थाहरुसँग साझेदारी रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्