ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

२०७८ जेठ, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

 जेठ २३, काठमाडौं ।विगत २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१ ओटा पीसीआर परीक्षणबाट ३ हजार २४  जना र ३ हजार २६२ ओटा एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सोही अवधिमा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । 

योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या भने ८९ हजार २१७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्