ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राधी विद्युतको ३६.५० % बोनस र १४७.५२ % हकप्रदप्रति किन आकर्षित भएनन् लगानीकर्ता ?

२०७८ जेठ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १३, काठमाडौं ।  दोहोरो उच्च अंकले बढेको आइतवारको बजारमा राधी विद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

यो दिन कम्पनीको शेयरमूल्य ८ दशमलव ५६ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ९८ ले घटेर अन्तिम मूल्य रू. १ हजार ४७ मा झरेको हो । शेयरमूल्य घटेपनि कम्पनीको शेयर विक्रीभन्दा खरीद चापनै बढी देखिएको छ । आइतवार २ बजेर ५९ मिनेटको कारोबार अवधिसम्म राधी विद्युतको २४ हजार २६९ कित्ता शेयर विक्री आदेश थियो भने ७७ हजार १६२ कित्ता शेयर खरीद आदेश थियो ।

पछिल्लो तीन कारोबार दिन लगातार कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो । गत जेठ १८ गते हालसम्मकै उच्च मूल्य प्रतिकित्ता रू. १ हजार ३०० कायम भएको उक्त कम्पनीको शेयरमूल्य जेठ १९ गतेदेखि भने निरन्तर घटिरहेको छ ।

कम्पनीको ५९ दिनको कारोबारलाई हेर्दा प्रतिकित्ता रू. ३४९ देखि कम्पनीको शेयरमूल्य उकालो लागेको हो । विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्षभने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को संचित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा कर वाहेक ३६ दशमलव ५० प्रतिशत बानेस शेयर वितरणको प्रस्ताव गरेको हो । यो लाभांश कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
कम्पनीले कोरोना महामारीका कारण उक्त सभा हालसम्म आव्हान गर्न सकेको छैन ।

अवस्था सहज हुनासाथ १५ औं वार्षिक साधारण सभा सम्पन्न गर्ने योजना कम्पनीको छ । हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । 

हकप्रद प्रस्ताव सार्वजनिक भएको दिन र पछिल्लो कारोबार दिन उच्च आकर्षण देखिएको कम्पनीको शेयर त्यसपछिको कारोबार दिन भने सस्तोमा शेयर विक्री गर्ने हाबी हुदाँ मूल्यमा असर परिरहेको शेयरबजारमा ४४ वर्षदेखि सक्रिय अग्रज लगानीकर्ता डम्बरु बल्लब घिमिरेको भनाइ छ ।

कम्पनीको विक्रीको तुलनामा खरीद चाप उच्च हुँदा पनि सस्तो मूल्यमा शेयर विक्री गर्ने बढी भएकाले मूल्यमा असर परेको उनको बुझाइ छ । 

राधीको हकप्रद प्रस्ताव सार्वजनिक भएपछि कतिपय लगानीकर्ताहरु जलविद्युत् कम्पनीहरुको हकप्रद शेयर निष्कासनको विरुद्धमा लागेकाले पनि नयाँ लगानीकर्ताहरु आत्तिएको उनले जानकारी दिए ।

पछिल्लो समय विद्युत् विक्री आम्दानी शुरु नगरेका, खुद नोक्सानीमा रहेका, समयमै वित्तिय विवरण सार्वजनिक नगरेका कतिपय जलविद्युत् कम्पनीहरुको शेयरमूल्य बढिरहँदा आकर्षक लाभांश प्रस्ताव गरेको राधीको शेयर मूल्यमा निरन्तर गिरावटले लगानीकर्तामा अध्ययन अनुसन्धानको कमि भएको महसुस पनि उनले गरेका छन् ।

कम्पनीको शेयरमूल्य यतिनै पुग्नुपर्छ भन्ने त हैन तर लगानीकर्ताको मुख्य आकर्षण रहेको बोनस र हकप्रद शेयरपछि पनि कम्पनीको शेयरमूल्यमा निरन्तर उच्च गिरावट आउनुमा भने शंका उत्पन्न भएको घिमिरेको भनाइ छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।

सोही पूँजीको आधारा कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बोनस शेयर र साधारण सभाले पारित गरेपछि पनि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्कासन हुने राधीको हकप्रद पश्चात हाल १०० कित्ता शेयर हुने लगानीकर्ताको हातमा ३३८ कित्ता शेयर हुनेछ । 

कम्पनीले बोनस र हकप्रद गरी १८४ दशमलव शून्य २ प्रतिशत शेयर वितरण गर्न लागेको हो । बोनस र हकप्रद शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गर्ने हुँदा यसले मूल्यमा भने घटबढ हुनेछ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत् कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म यो नाफा रू. ५ करोड ७४ लाख ४६ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९ प्रतिशत बढेको हो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा ३ प्रतिशतले घटेको छ । गत वर्ष रू. ८ करोड ३२ लाख १२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ४ लाख १ हजार मात्र यो नाफा गरेको हो । विद्युत् विक्री आम्दानी ५ दशमलव ६४ प्रतिशत घट्दा सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. १२ करोड १६ लाख १ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ४७ लाख ३२ हजार ३२ हजार गरेको छ । 

कम्पनीको कुल सम्पत्ति रू. ९९ करोड १३ लाख ४७ हजार पुगेको छ । गत वर्ष यस अवधिसम्म कुल सम्पत्ति रकम रू. ९७ करोड १ लाख २ हजार थियो । 
गत वर्ष यो अवधिसम्म रू. ४ करोड ४७ लाख ६१ हजार कर्जा सापटी लिएको कम्पनीले यस वर्ष रू. ४ करोड ४६ लाख ९७ हजार लिएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ५५ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।


 

प्रतिक्रिया [1]
User Image

Nayabichar

[Jun 6, 2021 03:22pm]

Yo co. Ko utpadan sano xa tara tyti dherai puji kina chahiyo ? Tyo prasta xaina. Dherai right share bechna dherai bonus diyeko ho ki ? Share sankhya badhnu vaneko eps kom hunu ho. Ahile dherai nalayak co. Le samet right share bechera invester lai dhoka didaixan.


प्रतिक्रिया दिनुहोस्