ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिप अभावका कारण निशानको विद्युतीय कार लञ्चमा ढिलाई

२०७८ जेठ, २३  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २३, टोकियो (जापान) । जापान कार निर्माता कम्पनी निशानले यही गर्मीयाममा नयाँ विद्युतीय कारको मोडल सार्वजनिक गर्ने योजनामा ढिलाई गर्ने भएको छ । 

विश्वभर चिपको अभावले कार कम्पनीहरु मारमा परेकै बेलामा कम्पनीले आरिया नामको सो नयाँ मोडल सार्वजनिक गर्ने योजना पछाडि सारेको हो । सन् २०२१ को मध्यसम्ममा नयाँ पूर्ण विद्युतीय मोडल सार्वजनिक गर्ने घोषणा सन् २०२० को जुलाईमै गरेको थियो । 

शुरुमा जापानमा विक्रीका उपलब्ध हुने यो मोडल वर्षको अन्त्यसम्ममा यूरोप, उत्तर अमेरिका र चीनमा उपलब्ध गराइने कम्पनीको योजना थियो । तर हालै कम्पनीले एक विज्ञप्ति जारी गर्दै जापानका ग्राहकहरुले सीमित संस्करणको बीसिक्स मोडलका लागि जाडोयामसम्म कुर्नु पर्ने बताएको छ । 

अन्य देशका बजारका लागि भने समय खुलाइएको छैन । विश्वभर देखिएको चिप अभावका कारण  कार कम्पनीहरु प्रभावित भइरहेको र यसले उनीहरुको नयाँ कार सार्वजनिक गर्ने योजनामा पनि असर गरिरहेको निशानकी प्रवक्ताले बताएको भन्दै जापान टाइम्सले एक समाचारमा लेखेको छ । 

आरिया निशानको पहिलो विशुद्ध विद्युतीय सवारी साधन हुनेछ । कम्पनीले करीब एक दशकअघि लिफ नामक विशुद्ध विद्युतीय कार ल्याएको थियो । एजेन्सी 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्