ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्युतीय गाडी र साइकल किन्न बेस रेटमै ऋण दिदैं एनएमबि बैंक

२०७८ जेठ, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ । 

विश्व वातावरण दिवसको अवसरमा बैंकले आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्ने भएको हो । 

यसका साथै ८० प्रतिशतसम्म फाईनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा शून्य दशमलव २५ प्रतिशत छूटको अफर पनि रहेको बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंक र माउन्टेन बाईक विक्रेताहरुबीच जुन महीना भरी इएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि रहेको बैंकले जानकारी दिएको छ । 

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काडमाडौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाडौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महीनासम्मको किस्ताबन्दिमा खरीद गर्न सकिने बैंकले बताएको छ ।

बैंकले हाल १८१ ओटा शाखा, १३७ एटीएमहरू, ९ ओटा एक्सटेन्सन काउन्टरहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्