ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीउवा संघको सहयोगमा नारायणी अस्पतालमा बन्यो ३० शय्याको पीआईसीयू 

२०७८ जेठ, २३  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघ (वीउवा संघ)को आर्थिक सहयोगमा वीरगञ्जको नारायणी अस्पतालमा ३० शय्याको बाल सघन चिकित्सा ईकाइ (पीआईसीयू) तयार भएको छ । नारायणी अस्पतालले उपलब्ध गराएको भवनमा वीउवा संघले पीआईसीयू निर्माण गरेको हो । 

नवनिर्मित पीआईसीयूको आइतवार उद्घाटन गरिएको छ । पीआईसीयू उद्घाटनको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोरोना महामारी नियन्त्रणमा संघको सहयोगको प्रसंशा गरे । पीआईसीयू निर्माणमा सहयोग गरेर संघले सराहनीय काम गरेको भनाइ प्रमुख जिल्ला अधिकारी घिमिरेको थियो । 

संघका अध्यक्ष सुवोधकुमार गुप्ताले विज्ञहरूले कारोनाको तेस्रो भेरियन्ट आउने चेतावनी दिइरहेको र त्यसबाट बालबालिका बढी प्रभावित हुने बताएकाले बालबालिकाका लागि आईसीयू तयार पारिएको बताए । सरकारले अस्पतालमा निर्माण गरिने आईसीयूमध्ये २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन पनि दिएको छ ।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले पीआईसीयू निर्माणले बालबालिकाको उपचार सहज हुने विश्वास व्यक्त गरे । नारायणी अस्पतालमा यो सहित अब आईसीयू शय्या १५५ पुगेको छ । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठले वीरगञ्जको निजी क्षेत्रले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्