ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारको ६५ लाख 

२०७८ जेठ, २३  
कर्णाली प्रदेश
Image Not Found
author avatar विनोद लम्साल

जेठ २३, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि कर्णाली प्रदेश सरकारले ६५ लाख रकम दिने निर्णय गरेको छ । 

कर्णाली प्रदेश सरकारको शनिवार बसेको बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत कोभिड–१९ महामारी नियन्त्रण गर्न बजेट उप–शीर्षकबाट रकमान्तर गरी नगरपालिकालाई बजेट दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले नगरपालिकालाई ६५ लाख उपलब्ध गराउने निर्णय गरेको बताइन् । नयाँ जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सचिवमा सि.डि.ई धर्मेन्द्र कुमार झालाई उक्त जिम्मेवारी दिने समेत निर्णय भएको उनले बताइन् । 

यसैगरी, बैठकले कर्णाली प्रांगारिक कृषि सम्बन्धी लोगो स्वीकृत गर्ने, प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी विधेयकको मस्यौदा तयारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, प्रदेशको बीउ बिजन सम्बन्धी विधेयकको मस्यौदा तयारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने जस्ता निर्णय गरेको छ ।

बैठकले प्रदेश सभाको आठौं अधिवेशन यही जेठ २४ गते सोमवार दिउँसो २ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (तेस्रो संशोधन) नियमावली २०७८ लाई स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्