ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुद्दतीमा १ अर्ब ७८ करोड लगानी गर्दै राष्ट्र बैंक

२०७८ जेठ, २४  
समाचार
Image Not Found

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँलाई बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म (३६५ दिन)को मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न अनुरोध गरेको छ । उक्त अवधिभित्र प्रस्ताव फाइलको पासवर्ड पेश गर्न समेत अनुरोध गरिएको छ । पासवर्ड नराखेको प्रस्तावलाई मान्यता नदिइने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्