ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ वर्षदेखि पुलको जग निर्माण अलपत्र

२०७८ जेठ, २४  
कर्णाली प्रदेश
Image Not Found

जाजरकोट । निर्माण शुरू गरेको ९ वर्षमा भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमपश्चिम र जाजरकोट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो रहेको छ ।

ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सक्नेगरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्शन प्रालि ललितपुरले लिएको थियो । कम्पनीले १०० मिटरको पुल निर्माण गर्न २०६९ सालमा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले बताएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ
छुट्याएको छ ।

पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार÷व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए । पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरबाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन् ।

पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर होमनाथ पौडेलले बताए । पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले बताएको छ ।    
 
सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोप्राइटर श्रेष्ठले बताए । ‘पुल निर्माण शुरू भएको २ वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो,’ उनले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्