ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग वाणिज्य महासंघ कर्णालीद्वारा प्रहरीलाई सुरक्षा सामग्री हस्तान्तरण

२०७८ जेठ, २४  
कर्णाली प्रदेश
Image Not Found

वीरेन्द्रनगर (अस) । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले प्रहरीलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । महासंघका शिक्षा स्वास्थ्य तथा खेलकुद समिति संयोजक कविराज कँडेलले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट र ट्राफिक प्रमुख उपेन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

दैनिक जनसुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको महासंघ कर्णाली प्रदेश समितिका सदस्य भानुभक्त बरालले बताए । उनका अनुसार मास्क, स्यानिटाइजर, औषधी र पानी हस्तान्तरण गरिएको हो । आवश्यकताअनुसार संघले अन्तर्गतका जिल्ला संघलाई सहयोग गर्न अपिल गरेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्