ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोका–कोलाले मनायो विश्व वातावरण दिवस

सफा हिमाल अभियानको समापन

२०७८ जेठ, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पेय पदार्थ ब्रान्ड कोका–कोलाले भर्चुअल प्रेस सम्मेलनमा नेपालमा ‘वल्र्ड विथआउट वेस्ट प्रोग्राम’ बारे अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ । विश्वकै सबैभन्दा ठूलो हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा गरेको छ ।

२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरीर एवं एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लमलगायत ६ वटा हिमालबाट संकलन गरिएको कम्पनीले बताएको छ । संकलित फोहोर रिसाइक्लिङका लागि काठमाडौंमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको  छ ।

हिमाल सफा अभियानका निर्देशक नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले सेनाको नेतृत्व र सरकारको पहलमा सफा हिमाल अभियान २०२१ मा २७.६ टनको फोहोर र चार वटा शव विभिन्न हिमालबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भएको बताए ।

‘यो अभियान सेनालाई वातावरण संरक्षणमा सघाएका पार्टनरहरूको समर्थनका कारण सम्भव भएको हो । भविष्यका लागि हिमाल संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकामा कोका–कोलाप्रति आभारी छौं’, खड्काले भने ।

नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाको सहयोगमा रहेको अभियानको मूल उद्देश्य भनेको हिमालको संरक्षण गर्नु र देशका ६ वटा उच्च चुचुरा सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु हो ।

कोका–कोलाले नेपालको प्राकृतिक सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९  मा स्थापनादेखि हिमालय सफाइ अभियानलाई सहयोग गर्दै आएको जनाएको छ ।

वर्ल्ड विथआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको थियो । कार्यक्रममा सन् २०३० सम्म बिक्रीको १०० प्रतिशतको प्याकेजिङ बराबरको संकलन र रिसायकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो । त्यसका लागि कोका–कोलाले नेपालमा स्थानीय प्रस्तावलाई प्रयोग गरेर विश्वव्यापी लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ भने बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था र स्थानीय समुदायलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गरिएको कम्पनीले बताएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘फोहोर व्यवस्थापनका क्षेत्रमा हामीले जिम्मेवारपूर्वक पिईटी बोतल रिसाइकल गर्न पहल गरेका छौं । हिमाल सफाइ अभियान र रणनीतिक स्थानमा सूचनामूलक पिईटी संकलनबिन स्थापनाजस्ता विभिन्न कार्यक्रममार्फत समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइक्लिङसम्बन्धी जागरुकता सिर्जना गरेका छौं ।’

नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले यो अभियान वल्र्ड विथआउट वेस्ट नेपालको प्रमुख कार्यक्रम भएकाले प्याकेजिङ डिजाइनलाई पुनर्विचार गरेर प्रयोग गरिएका प्याकेजिङ संकलन तरिकालाई नवीन बनाएर रिसाइकल्ड भएको सुनिश्चित गरिँदै आएको जानकारी दिए ।

कोका–कोलाको साझेदारीले समुदायको नेतृत्वमा इन्टिग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिङलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम भइरहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्