ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषको साधारण सभा असार १८ गते, १७.९% लाभांशको प्रस्ताव

२०७८ जेठ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । नागरिक लगानी कोषले २६औं वार्षिक साधारण सभा असार १८ गते बोलाएको छ । सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा हुने कम्पनीले जानकारी गराएको हो । 

कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले प्रस्तावित ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभाको अन्य प्रस्तावमा शेयरधनी तथा सञ्चालकको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने रहेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि असार ८ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्