ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल सेवा लघुवित्तको साधारण सभा आज, विन लघुवित्तसँगको मर्जर प्रस्ताव

२०७८ जेठ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार छैठौं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । 

साथै यी दुई लघुवित्त एक आपसमा गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था बीच गत मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्