ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनियन हाइड्रोपावरको साधारण सभा असार २५ गते हुने 

२०७८ जेठ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ । 

कम्पनीले सभा बिहान ११ बजे हुने बताएको छ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  

साथै सभाले नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गते देखि २५ गतेसम्म बन्द रहनेछ ।

असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्