ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ जेठ, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा रू. ३०० ले घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ७०० ले बढेको सुनको भाउ सोमवार रू. ३०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ८०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । आइतवार प्रतितोला रू. १ हजार ३५५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३५० खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्