ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंक : कम्पनी विश्लेषण (सोमवार, २४ जेठ २०७८)

२०७८ जेठ, २४  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ३ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । आइतवार बैंकको  ७ लाख ७५ हजार ३६३ कित्ता शेयर खरिद विक्री भएको हो ।

चालू आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. २ अर्ब ५६ करोड ४५ लाख रहेको छ । बैंकले सोही अवधिमा आर्जन गरेको नाफाबाट एनएफआरएस प्रणालीअनुसार विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ३ अर्ब ५७ करोड ८२ लाख नाफा कमाएको छ ।  बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ७० करोड  २६ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा बैंकको नाफा ३२ प्रतिशतले वृद्धि भएको छ ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । सोही कारण गत आवमा प्रतिशेयर आम्दानी रु. १८ दशमलव ९९ रहेकामा चालू आवमा वृद्धि भएर रु. २२ दशमलव ०५ पुगेको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । आरएसआई न्युट्रल जोन ६७ दशमलव ९३ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव १९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

आइतवारको शेयर मूल्य रु. ४६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४३८ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्