ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राइम कमर्शियल बैंक : कम्पनी विश्लेषण (सोमवार, २४ जेठ २०७८)

२०७८ जेठ, २४  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ४ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयर मूल्य रु. ४८२ पुगेको छ । आइतवार बैंकको ६ लाख ५ हजार ३४३ कित्ता शेयर खरिद विक्री भएको हो ।

बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार नाफा कमाएको छ । बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ३ करोड ६ लाख नाफा कमाएको थियो ।

त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. २ अर्ब २० करोड रहेको । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । बैंकले यही नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।

बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । उक्त बोनस शेयर बैंकले नेप्सेमा सूचीकृत गराइसकेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ लेग्ड डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य अन्योलमा रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव ११ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव शून्य ३ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

आइतवारको शेयर मूल्य रु. ४८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४४७ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्