ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.४३ अंकले बढेर २९०८.३३ विन्दुमा नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७८ जेठ, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १ दशमलव ४३ अंकले बढेर २ हजार ९०८ दशमलव ३३ विन्दुमा पुगेको छ ।   

२ हजार ९२८ दशमलव शून्य ९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको ४५ हजार १२४ पटकको कारोबारमा ९७ लाख ८ हजार ७१६ कित्ता शेयरको रू. ४ अर्ब ४६ करोड ३३ लाख ७६ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा गुडवील फाइनान्स, रिडी हाइड्रोपावर, गुहेश्वरी मर्चेण्ट र पोखरा फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । जसमध्ये वित्तसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ५९ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १९ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २५९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्