ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल एयरलाइन्सले घटायो कार्गो चार्टर विमानको भाडा 

२०७८ जेठ, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । नेपाल एयरलाइन्सले कार्गो चार्टर विमानको भाडा कटौती गरेको छ ।

नेपाल आयल निगमले अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले कटौती गरेसँगै नेपाल एयरलाइन्सले पनि सोमवारदेखि लागू हुने गरी मूल्य कटौती गरेको हो ।

आयल निगमको आइतवार बसेको सञ्चालक समितिको बैठकले अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटरमा १७८ डलरले कटौती गरेपछि नेपाल एयरलाइन्सले पनि कार्गो चार्टर विमानको मूल्य कटौती गरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार वाइड बडीको भाडा १३ प्रतिशत र न्यारो बडी विमानको भाडा १५ प्रतिशतले कटौती गरिएको छ ।

जसअनुसार वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५२० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४६० डलर कायम भएको छ । साथै न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७१० डलरबाट १ हजार १३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५८० डलर कायम भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्