ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको विशेष साधारण सभा मंगलवार हुँदै

२०७८ जेठ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार हुने  भएको छ ।

दुबै कम्पनीले छुट्टा - छुट्टै स्थानमा साधारण सभा गर्न लागेका हुन् । नेशनल माइक्रोफाइनान्सले केन्द्रीय कार्यालय धादिङमा बिहान ११ बजे र महिला सहयात्राले  कम्पनीको केन्द्रीय कार्यालय मकवानपुरमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।  

सभाको विशेष प्रस्तावमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर अनुपातमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न लागेको हो ।

सभा भर्चृअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएका छन् । दुबै कम्पनीको विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ १७ गते बन्द भएको छ ।यस आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्