ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लगानीकर्ताको आकर्षण वित्त कम्पनीमा, ११ ओटा वित्त कम्पनीको शेयरमूल्यमा सर्किट 

२०७८ जेठ, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार लगानीकर्ताको आकर्षण वित्त कम्पनीको शेयरमा परेको छ । 

सोही कारण अधिकांश वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेमा हाल १५ ओटा वित्त कम्पनीको शेयर खरीदविक्री हुन्छ । जसमध्ये सोमवार ११ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । 

 योदिन ती बाहेक दुई ओटा विकास बैंक र चार ओटा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यसदिन कारोबारमा आएका २२१ ओटा कम्पनी मध्ये १७ ओटा कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको हो । १७ ओटा कम्पनीमध्ये अधिकांश वित्त कम्पनीहरुको शेयरमूल्यमा सर्किट लागेको हो । 

१७ ओटा कम्पनीमध्ये पोखरा फाइनान्स,सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.५३९,सेन्ट्रल फाइनान्सको रू. ४०७ र आइसीएफसी फाइनान्सको रू. ५२८ पुगेको हो ।

त्यसैगरी कामना सेवा विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९७ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ९६ प्रतिशत,जानकी फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,गोर्खाज फाइनान्सको ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी मञ्जुश्री फाइनान्सको ९ दशमलव ९४ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत,समृद्धि फाइनान्सको ९ ददशमलव ८९ प्रतिशत,रिलायन्स फाइनान्सको ९ दशमलव ८१ प्रतिशत,नेशनल हाइड्रोपावरको ९ दशमलव ८० प्रतिशत,युनिभर्सल पावरको ९ दशमलव ७१ प्रतिशत,दिब्यश्वरी हाइड्रोपावरको ९ दशमलव ६१ प्रतिशत र सांग्रिला डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव शून्य ४ प्रतिशतले वृद्धि भएको हो ।

ती कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको  देखिन्छ ।  फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै यस समूहको परिसूचक सार्वधिक ८ दशमलव २७ प्रतिशतले बढेर २ हजार १३ पुगेको छ । 

त्यस्तै कामना सेवा विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५१८,श्री इन्भेष्टमेण्ट फाइनान्सको रू. ४३०,गुडवील फाइनान्सकोरू.४३०,गुडवील फाइनान्सको रू. ५७४,जानकी फाइनान्सकोरू. ४२०,गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सको रू. १ हजार १६०,मञ्जूश्री फाइनान्सको रू. ९०७ पुगेको छ । 

यसैगरी रिडी हाइड्रोपावरकोरू. ४७७,समृद्धि फाइनान्सको रू. ४००,रिलायन्स फाइनान्सको रू. ४५९,नेशनल हाइड्रोपावरको रू. २६९,यनिभर्सल पावरको रू.३०५,दिब्यश्वरी हाइड्रोपावरको रू. २५१ र सांग्रिला डेभलपमेण्ट बैंकको शेयर मूल्य रू.४१० पुगेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्