ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भोलिबाट विक्री खुला हुँदै

२०७८ जेठ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्र मंगलवारबाट खुला गर्ने भएको छ ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारण कालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र विक्री गरिनेछ । 

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्