ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप ४४७२ जनालाई कोरोना संक्रमण पुष्टि,९२ जनाको मृत्यु

२०७८ जेठ, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । विगत २४ घण्टामा थप  ४ हजार ४७२  जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ ओटा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ३७० जना र ५ हजार ९०१ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार १०२ गरी ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 विगत २४ घण्टामा देशभर गरिएको १७ हजार ९०३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

सो अवधिसम्ममा ६ हजार ९५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ९२ जनाको मृत्यु भएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ पुगेको छ ।

नेपालका हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ । हाल आईसोलेशनमा ८५ हजार ५४४ जना रहेका छन् भने क्वारेन्टाइनमा ७१८ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौं जिल्लामा ७९० जना, भक्तपुर जिल्लामा १३५ जना र ललितपुर जिल्लामा १९० जना कोरोना संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्