ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भक्तपुरमा ४८ हजारभन्दा बढीले लगाए भेरोसेल खोपको दोस्रो मात्रा 

२०७८ जेठ, २४  
वाग्मती प्रदेश
Image Not Found

जेठ २४, भक्तपुर । भक्तपुरमा ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो संख्यामा खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२, मध्यपुरथिमिमा ११ हजार ३१९, भक्तपुरमा १६ हजार ३४७ र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् । भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका  नगरबासीलाई खोप लगाइएको थियो । 

भक्तपुर जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २० हजार ६१३ पुगेको छ । ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला छन् । हाल भक्तपुरमा सक्रिय संक्रमितको संख्या एक हजार २५९ रहेको छ ।  

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमणबाट २७० जनाको मृत्यु भएको छ । ती मध्ये १७४ पुरुष र ९६ जना महिला रहेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्