ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

होमडेलिभरी गर्ने कम्पनीहरुको सेवा नरोक्न अन्तरिम आदेश 

२०७८ जेठ, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । सर्वोच्च अदालतले अत्यावश्यक सामग्रीको होमडेलिभरी गर्ने कम्पनीहरुको सेवा  नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

सोमवार सर्वोच्च अदालतले अनलाइन माध्ययमबाट खरीद गरिने खाद्यान लगायतका अत्यावश्यक सामग्रीको होमडेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको हो। साथै आदेशमा अनलाइन माध्यमबाट सामान खरीदविक्री र होमडेलिभरी सेवा नरोक्न पनि भनिएको छ ।

निकेत अग्रवाल लगायतले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले कोरोना भाइरस महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै अत्यावश्यक पहुँच पुर्‍याउनु पर्ने ठहर गरेको हो ।

आदेशमा यस्तो असामान्यअवस्थामा जोखिमता रहेको व्यक्ति वा संक्रमित रहेको परिवारको अत्यावश्यक पहुँचको सुनिश्चितताको लागि राज्य र निजी क्षेत्रसमेत क्रियाशिल हुन आवश्यक छ भनिएको छ। 

सरकारले जारी गरेको होम डेलिभरी सम्बन्धी मापदण्ड २०७७ अपनाएर सेवा प्रवाह गर्न सकिने आदेशमा उल्लेख छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्