ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चेम्बरबाट सञ्चालित टेलिमेडिसिन सेन्टरमार्फत दैनिक तीन सयलाई परामर्श सेवा

२०७८ जेठ, २५  
बजार
NA

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट गत जेठ १६ गतेदेखि सञ्चालन गरिँदै आएको टेलिमेडिसिन सेन्टरमा स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिडका दैनिक तीन सय बिरामीले परामर्श सेवा प्राप्त गर्दै आएका छन् ।

टेलिमेडिसिन सेन्टरका लागि चेम्बरले मुख्य प्रायोजन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दैनिक तीन सयले सेवा प्राप्त गरेको बताए । उनले आगामी दिनमा अन्य बिरामीले पनि यो सेवाबाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थका लागि यो लाभान्वित हुने विश्वास व्यक्त गरे ।

केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको सहप्रायोजन रहेको छ । केन्द्रबाट सेवा लिन इच्छुकले मेरो डक्टर एप डाउन लोड गर्न सक्ने सु्विधा रहेको चेम्बरले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्