ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अटो मेकानिकलाई सिप्रदीको राहत

२०७८ जेठ, २५  
बजार
Image Not Found

चितवन (अस) । जारी निषेधाज्ञाका कारण मारमा परेका चितवन आसपासका अटो मेकानिकलाई सिप्रदी ट्रेडिङअन्तर्गतको सिप्रदी सहायता संस्था र म्याक लुब्रिकेन्ट्सले राहत वितरण गरेका छन् ।

चितवनका लागि म्याक लुब्रिकेन्ट्सको आधिकारिक डिलर एवं म्याक परिवार कैलाश इन्टरनेशनल प्रालि र एस.के चितवन ट्रेडिङ प्रालिमार्फत ३५ मेकानिक परिवारलाई राहत वितरण गरिएको हो ।

उनीहरुलाई चामल, नुन, तेल, दाललगायत खाद्य सामग्री वितरण गरिएको कैलाश इन्टरनेशनलका प्रबन्धक शिवकुमार जोशीले बताए । उनले मेकानिकको छाक टार्न सहयोग पु¥याएकामा म्याक लुब्रिकेन्ट्सको सामाजिक कार्यको प्रशंसा गरे ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्