ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालको ड्राइभर खोइ ?

२०७८ जेठ, २५  
१० वर्ष अघि
NA

सृष्टिकर्ता ब्रह्माले नै नेपाललाई असन्तुलित दान दिएछन् । उनले कहिले अति उदार र अहिले अति कन्जुस भएर गरेको सृष्टि एक्काइसौं शताब्दीको नेपाललाई घाँडो भएको छ । उदार भएर नेपाललाई विश्वकै उत्कृष्ट जलवायु, संसारकै अग्ला हिमशिखरहरू व्यापक जलस्रोत, खनिज, जडिबुटी जन्तुजनावर आदि केके हो के के उनले दिएका छन् । यतिका धेरै उपहार दिए पनि नेपाल किन समृद्ध बन्न सकेन । नेपाल संसारकै एक तन्नम गरिब राष्ट्र बनेकामा सधैं नेता, व्यवसायी र पढेलेखेकालाई मात्र गाली गरेर केही पनि सुध्रिएको छैन । किनभने कारण नै बेग्लै परेछ । स्रोत साधन दिन यति उदार देखिएको ब्रह्मा बुढाले नेपालमा पठाउने मान्छे सिर्जना गर्दा भने ठूलै गडबडी गरेछन् । उनले नेपालका लागि सिर्जना गरिदिएका मानिसहरू आफूले गर्नुपर्ने कामबाहेक बाँकी सबथोक गर्न तत्पर हुन्छन् । तर, आफ्नो काम फिटिक्कै गर्दैनन् । नेपाल विकसित नहुनुको मुख्य कारण यही रहेछ ।

(तीतोमीठोबाट)
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्