ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१७ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि, अधिकांश वित्त कम्पनी 

२०७८ जेठ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको ५० मिनेटमा १७ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । 

१७ ओटा कम्पनीमध्ये धेरैजसो फाइनान्स कम्पनी रहेका छन् । सबैभन्दा बढी गोखार्ज फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २७६ र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४७३ पुगेको हो ।

त्यसैगरी मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९४ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९३ प्रशित,गुडवील फाइनान्सको ९ दशमलव ९३ प्रतिशत,मञ्जुश्री फाइनान्सको ९ दशमलव ९२ प्रतिशत,नेपाल फाइनान्सको ९ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै बरुण हाइड्रोपावरको ९ दशमलव ८९ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत,आइसीएफसी फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,पोखरा फाइनान्सको ९ दशमलव ८३ प्रतिशत,सेन्ट्रल फाइनान्सको ९ दशमलव ८३ प्रतिशत,वेष्ट फाइनान्सको ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ७६ प्रतिशत,जानकी फाइनान्सको ९ दशमलव ५२ प्रतिशत,ज्योति विकास बैंकको ९ दशमलव २८ प्रतिशत,प्रोग्रेशिभ फाइनान्सको ९ दशमलव शून्य ९ प्रतिशत र कामना सेवा विकास बैंकको शेयर मूल्य ९ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको छ ।
 बजार बढेसँगै ती १७ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्