ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मल्टिपर्पस फिनान्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (मंगलवार, २५ जेठ २०७८)

२०७८ जेठ, २५  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३४२ पुगेको हो ।

कम्पनीले यसअघि स्थगित रहेको साधारणसभा आगामी असार ६ गते बोलाएको जानकारी गराएको छ ।  सभा दिनको ११ बजे केन्द्रीय कार्यालय राजविराजमा हुने जानकारी गराएको हो । कम्पनीले कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन । सभाले आव ०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका जेठ २४ गते सोमवार बन्द रहेको छ । जेठ २३ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।  कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ३० लाख ५३ हजार नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ३५ लाख ४ हजार नाफा कमाएको थियो ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव शून्य ७ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव ८२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ३४२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३०७ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्