ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुडविल फाइनान्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (मंगलवार, २५ जेठ २०७८)

२०७८ जेठ, २५  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५७४ पुगेको हो । सोमवार कम्पनीको १ लाख ३० हजार ३९६ कित्ता शेयर खरिद विक्री भएको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १५ करोड ९२ हजार नाफा कमाएको छ  । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. ११ करोड ८ लाख ५४ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ३५ प्रतिशतले वृद्धि भएको हो ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १२ दशमलव ८० रहेकामा चालू आवमा वृद्धि भएर रु. २३ दशमलव ०८ पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रु. ११ करोड २५ लाख ८ हजार रहेको हो । यही नाफाबाट कम्पनीले लगानीकर्तालाई बोनस शेयर वितरण गर्दछ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बुलिसमा जाने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८५ दशमलव २० बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४७ दशमलव ४१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

सोमवारको शेयर मूल्य रु. ५७४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४७५ मा टेवा पाउने देखिन्छ । कम्पनीको सोमवारको मूल्य ६० कारोबार दिनयताकै उच्च कायम रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्