ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पूँजीबजार विस्तारको लागि सरकार तत्पर छ : अर्थमन्त्री पौडेल

२०७८ जेठ, २५  
लगानी
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजीबजार विस्तारको लागि ठोस योजना ल्याएको बताएका छन् । 

नेपालको पूँजीबजारलाई  विश्वसनीय बनाउन र उपलब्धि मूलक कार्य गर्न सरकार तत्पर रहेको भन्दै उनले पूँजीबजारको विकासको लागि कार्ययोजना तयार पार्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए ।
 

सरकारले वस्तु विनियम बजार सुधार तथा  विस्तारका लागि बजेट विनियोजन गरेको भन्दै उनले यसमा आवश्यक कार्य गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए । 

धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा मंगलवार वेबीनार मार्फत आयोजित कार्यक्रममा मन्त्री पौडेलले नेपालको पूँजीबजारको नियमन तथा दायरा विस्तार गर्न धितोपत्र बोर्डले थप कार्य गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,राजस्व सचिव, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतका प्रतिनिधिको सहभागिता रहेको छ । 

उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई 
नेपाल धितोपत्र बोर्डले यस वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गर्ने घोषणा गरेको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पूँजीबजारका विषयमा सकारात्मक समाचार सम्प्रेषण गरेको भन्दै रू. ५० हजार राशीको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्