ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१२ अर्बको शेयर कारोबार भएको बजारमा विकास बैंक समूहको परिसूचक ९.२५ % ले बढ्यो 

२०७८ जेठ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४४ दशमलव ७७ अंकले बढेर २ हजार ९५१ दशमलव ४६ विन्दुमा पुगेको छ । 

१ दशमलव ५४ प्रतिशतले बढेको बजारमा २१७ ओटा कम्पनीको रू. १२ अर्ब ३ करोड १ लाख २८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा ७ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरुमा गोर्खाज फाइनान्स, जानकी फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंक रहेका छन् । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, लघुवित्त र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ९ दशमलव २५ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८७ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९८८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा रसुवागढी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५०९ मा रू. ३५ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्