ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीईडीबी हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउँदै

२०७८ जेठ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं ।सीईडीबी हाइड्रो डेभलपमेण्ट कम्पनीको आईपीओ मंगलवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत भएको छ । 

कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म मूल्यरेञ्ज तोकेको छ । 

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीले वैशाख २७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो । 

जसमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिएका हुन् । 

जसमा १६ लाख ३७ हजार ६५९ जनाको योग्य आवेदन परेको थियो । उक्त आईपीओ वैशाख ३१ गते बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा २ लाख ३४ हजार ११५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमा थप ४ जनाले थप १ कित्ता शेयर पाएका हुन् । यसबाहेक १४ लाख ३ हजार ४६४ जनाको हात खाली भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्