ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजार बढेसँगै ८ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, विकास बैंक र वित्त समूहको कम्पनीमा लगानीकर्ताको आकर्षण 

२०७८ जेठ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । मंगलवार बजार बढेसँगै ८ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अधिकांश विकास बैंक र वित्त समूहका कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । 

गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । 

यी ८ ओटै कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । यी कम्पनी बोहक अधिकांश विकास बैंक र वित्त  कम्पनीहरुको शेयरमूल्य बढेको छ । विकास बैंक समूहको परिसूचक ९ दशमलव १८ प्रतिशत र वित्त समूहको परिसूचक ८ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।

बजार बढेसँगै ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३७४, जानकी फाइनान्सको रू. ४६२, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ४७३, गोर्खाज फाइनान्सको रू. ४७३, हिमालयन जनरल इन्स्योरेन्सको रू. ८८०, सांग्रिला डेभलपमेण्ट बैंकको रू. ४५१, समृद्धि फाइनान्सको रू. ४४० र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य रू. ६९३ कायम भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्